PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

नेपाली कांग्रेस रुपान्तरण अभियान घोषणा, जेठ ११ गतेबाट सुरु हुने



पहिलोपोस्ट

नेपाली कांग्रेस रुपान्तरण अभियान घोषणा, जेठ ११ गतेबाट सुरु हुने

काठमाडौं : नेपाली कांग्रेसले रुपान्तरण अभियान घोषणा गरेको छ। आज राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा यो अभियानको घोषणा गरिएको हो।

जेठ ११ गतेबाट सुरु हुने अभियान सातै प्रदेशमा पुग्नेछ। पहिलो कार्यक्रम मधेश प्रदेशको जनकपुरमा आयोजना हुनेछ।

त्यसपछि अभियानको दोस्रो कार्यक्रम वाग्मतीको काठमाडौंमा जेठ १६ गते हुनेछ। त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ। विश्वभर छरिएर रहेका 'डायस्पोरा'बिच भने जेठ ३१ जुम मिटिङ हुनेछ।

आजको कार्यक्रममा वाग्मती प्रदेशका संयोजक मधु आचार्यले कांग्रेस अहिले संक्रमित भएकोले रुपान्तरणको अभियानमा लागेको बताए।

'कोरोनाको डेल्टा भाइरस झैं कांग्रेस संक्रमित भएको छ। यसलाई हामी रुपान्तरण गर्छौं,' उनले भने।

उनले कांग्रेस रुपान्तरणका लागि राष्ट्रिय अभियानमा नै जुटेका बताउँदै समयसापेक्ष रुपमा पार्टी अघि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell