काठमाडौंः नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ। निगमको मंगलबारको सञ्चालक समितिले मूल्य लिटरमा १० रुपैयाँले घटाएको हो।
अब उपभोक्ताले डिजल लिटरको १५५ रुपैयाँमा पाउँनेछन्। अरु पेट्रोलियम पदार्थको मूल्य भने निगमले यथावत राखेको छ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो। निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको थियो।