PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज लिगको शीर्षस्थानमा



पहिलोपोस्ट

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज लिगको शीर्षस्थानमा
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न तेस्रो खेलमा चर्च ब्वाइज क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्चले सातदोबाटोमाथि १-० गोलको जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। चर्च ब्वाइजलाई जित दिलाउन सुवास गुरुङले ६३ औँ मिनेटमा निर्णायक गोल गरे।

मंगलवारनै सम्पन्न अघिल्ला दुई खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी १-१ गोलको बराबरीमा रोकिँदा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपीएफमाथि १-० गोलको जित निकाल्यो।

योसँगै १८ औँ चरण सकिँदा चर्च ब्वाइज ३३ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ३१ अंक जोडेको जावलाखेल युथ क्लब छ भने ३० अंक जोडेर मछिन्द्र तेस्रो स्थानमा छ। रेलिगेशन क्षेत्रमा २० अंक जोडेको फ्रेन्ड्स र १७ अंक जोडेको खुमलटार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell