PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा



पहिलोपोस्ट

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
Photo: Reuters

इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न मिलान डर्बीमा एसी मिलानलाई हराउँदै इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो।

गएराति सन सिरोमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले १-० को जित निकालेसँग समग्रमा ३-० गोलको जित सहित फाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलको पहिलो लेग इन्टरले २-० गोलको जित निकालेको थियो।

दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लउटरो मार्टिनेजले ७४ औँ मिनेटमा निर्णायक गोल गरे। सन् २०१० पछि पहिलो पटक इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो।

बुधवार राति अर्को सेमिफाइन खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीच खेल हुनेछ। यसबाट च्याम्पियन्स लिगको फाइनल इन्टर मिलानसँग खेल्ने टोलीको टुंगो लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell