अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित भएको छ। अको हप्ता अस्ट्रेलियामा हुने तय भएको क्वाड राष्ट्रका प्रमुखहरुको बैठक स्थगित भएको हो।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो एसिया भ्रमण छोट्याएपछि नेताहरुको बैठक रोकिएको हो। यद्यपि, बैठक गर्नेबारे भने छलफल भइरहेको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले बताए।
मे २१ मा सुरक्षासम्बन्धी संवादका लागि बाइडेन, अलबानेजसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री किशिदा फुमियोबिच छलफल हुने तय थियो।
बाइडेन जापान हुँदै पपुवा न्यूगिनी जाने पनि तय थियो। पपुवा न्यूगिनीमा उनले प्यासिफिक आइल्यान्डका नेताहरुलाई भेट्ने कार्यक्र थियो। त्यहाँबाट उनी अस्ट्रेलिया आउने तय थियो। अब बाइडेन जी ७ सम्मेलनका लागिमात्रै जापान जानेछन्। जापानमा नै क्वाड नेताहरुबिच छलफल हुनसक्ने बताइएको छ। यद्यपि, यसबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।