PahiloPost

May 15, 2025 | २ जेठ २०८२

जिपको ठक्करबाट हेटौंडामा एक बालकको मृत्यु



रासस

जिपको ठक्करबाट हेटौंडामा एक बालकको मृत्यु

मकवानपुर : मकवानपुरको हेटौंडामा जिपको ठक्करबाट बुधवार एक बालकको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौंडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell