PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

यतीका कार्यकारी अध्यक्ष शेर्पाले गरे सगरमाथा आरोहण



पहिलोपोस्ट

यतीका कार्यकारी अध्यक्ष शेर्पाले गरे सगरमाथा आरोहण

काठमाडौं : यती वर्ल्डका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधवार बिहान सगरमाथा आरोहण गरेका छन्। बिहान ७:३३ बजे सफल आरोहण गरेका उनी सात महादेशका अग्ला चुचुरो आरोहण गर्ने मुलुककै पहिलो नेपाली बनेका छन्।

सगरमाथासँगै उनले सातवटै महादेशका सबैभन्दा अग्ला शिखर आरोहण गरेका छन्। ५८ वर्षीय शेर्पाले गत वर्ष दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ आरोहण गरेका थिए।

विश्वका सात महादेशमा सगरमाथा, अकोन्कागुआ, डेनली, किलीमान्जरो, एलब्रस, माउन्ट विलहेल्मलगायत सात हिमाल उच्च शिखरको रुपमा मानिँदै आएको छ। सगरमाथासँगै उनले विश्वका सातैवटा अग्ला शिखर आरोहण गरेका छन्।

शेर्पा अध्यक्ष रहेको यती वर्ल्डअन्तर्गत यती एयरलाइन्स, तारा एयर, यती होलिडेज, हिमालय एयरलाइन्स, यती ट्राभल, कोरा ट्राभल, थामसेर्कु ट्रेकिङ, यती इन्सेन्टिभ ट्राभल, यती एडभेन्चर, यती माउन्टेन होम, गोकर्ण फरेष्ट रिसोर्ट, कसरा चितवन लगायत उड्डयन र पर्यटनसँग सम्बद्ध विभिन्न कम्पनी सञ्चालित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell