
काठमाडौँ: १४ औँ संस्करणको साफ च्याम्पियनसीपको ड्र अन्तर्गत नेपाल समूह 'ए' मा परेको छ। भारतको नयाँ दिल्लीमा आज सम्पन्न ड्र अनुसार नेपाल समूह 'ए' मा रहेको छ।
समूह 'ए' मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन्। समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्।
प्रतियोगिता भारतको बेङ्ग्लोरमा जुन २१ देखि जुलाई ३ सम्म भारतको बेङ्ग्लुरुमा आयोजना हुँदैछ। प्रतियोगितामा साफ क्षेत्रमा ६ टोलि र दुई आमन्त्रित टोली गरि ८ टोलीले सहभागिता जनाउँदैछन्। जसमा साफ क्षेत्रको श्रीलंकाले फिफाको प्रतिबन्धका कारण प्रतिस्पर्धा गर्नेछैन।
नेपाल अघिल्लो संस्करणको साफ उपविजेता हो भने भारत विजेता। आसन्न साफ च्याम्पियनसिपमा लेबनान सबैभन्दा माथिल्लो वरीयताको टोली हुनेछ।
वरीयतामा नेपालभन्दा अगाडि चार टोली छन्। जसमा ९९औँ वरीयताको लेबनान, १००औँ वरीयताको भारत, १४३औँ वरीयताको कुवेत र १५४ औँ स्थानको माल्दिभ्स। नेपाल १७४औँ स्थानमा रहँदा भुटान १८५औँ, बंगलादेश १९२औँ र पाकिस्तान १९५औँ स्थानमा छ।