PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

जापानमा बस दुर्घटना हुँदा दुई नेपालीसहित ३ जनाको मृत्यु, कामका लागि थिए यात्रारत



पहिलोपोस्ट

जापानमा बस दुर्घटना हुँदा दुई नेपालीसहित ३ जनाको मृत्यु, कामका लागि थिए यात्रारत

जापानको उत्तरपूर्वी राजमार्गमा भएको दुर्घटनामा परी दुई नेपाली सहित तीन जनाको मृत्यु भएको छ। यात्रुबाहक बस र ट्रक एक जुध्दा तीन जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी क्योदोले जनाएको छ।

बसमा यात्रारत मध्ये ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी रहेका थिए। दुई सवारीसधान जुध्दा बसबाट उछिट्टिएर बाहिर पुगेका थिए। घटना स्थानीय समयअनुसार मंगलवार राति ८ बजे भएको हो। तोहकु एक्सप्रेस वेमा भएको दुर्घटनामा नेपालीसँगै बसका चालकको पनि मृत्यु भएको छ।

जापानमा अध्ययरत विद्यार्थीहरु कामका लागि यात्रारत थिए। दुर्घटनामा मृत्यु हुने चालक जापानी महिला हुन्। ट्रक चालक घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell