
काठमाडौं : बालाजु बाइपासबाट शेषमती जाने बाटोमा बस र मोटरसाइकल दुर्घटना भएको छ। आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा बस खोलामा खसेको थियो।
प्रहरी परिचालय गरि अहिले भने बसलाई नदीबाट निकालिसकिएको छ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
अहिले शेषमती क्षेत्रमा पीडित पक्ष भेला भएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।