PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

कोपिला किताबका पाँच बाल चित्रकथा



पहिलोपोस्ट

कोपिला किताबका पाँच बाल चित्रकथा

काठमाडौं : कोपिला किताबले पाँच वटा बाल चित्रकथा सार्वजनिक गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बुधबार पाँच वटै किताब सार्वजनिक गरिएको हो।

विक्रमभक्त जोशीको 'बेखमान र राक्षस', इन्द्र चौधरीको 'कपासको घोडा', सिर्जना राईको 'सङकेनको खुलदुली', जितेन्द्र बस्नेतको 'अन्नको बखान' र बिन्दु शर्माको 'जन्तर - मन्तर' बालचित्रकथा नेपाली लोककथा तथा किंवदन्तीमा आधारित छन्। हरेक किताबमा फरकफरक चित्रकारको चित्र रहेका छन्।

'टेल्स एन्ड लाइज' शृङ्खला अन्तर्गतका बाल साहित्यको लोकार्पणमा कथावाचक समाजका अध्यक्ष डा ध्रुव घिमिरेले लोककथाको अंशको रुपमा चित्रकथाहरु आएको बताए। बालकथा लेखनमा तीन अ लाई आत्मसात गर्नुपर्ने घिमिरेको सुझाव रह्यो। 'बालकथा लेख्दा हामीले भुल्न नहुने अ, अ, अ हो। अवलोकन, अध्ययन, अन्तरक्रिया,' घिमिरेले भने, तिनवटा चिजमा ध्यान दिए कथा राम्रो निस्किएला।'

बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकालाई ज्ञानभन्दा मनोरञ्जन पहिलो प्राथमिकताको विषय भएको बताए। 'बाल साहित्यबाट मार्गदर्शन गर्ने कुरा सेकेन्डरी हो। पहिलो मनोरञ्जन नै हो। बालबालिकालाई रंगदेखि सबैले तान्नुपर्छ,' अध्यक्ष प्रधानले भने। उनले धेरैजसोले केटाकेटीलाई  निषेधमा राख्ने गरेको उल्लेख गर्दै यस्तो गर्न ठिक नहुने बताए।

प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले बाल साहित्यको प्याकेज लोभलाग्दो देखिएको उल्लेख गर्दै कोपिला किताबबाट आफूहरुले पनि सिक्ने बताए। कोपिला किताब डटसमेत सार्वजनिक गरिएको थियो। लेखकहरुले यस साइटबाट पाण्डुलिपी बुझाउन सकिने कोपिला किताबले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell