PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

मड्रिडमाथि रवाफिलो जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा



पहिलोपोस्ट

मड्रिडमाथि रवाफिलो जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा
Photo: Reuters

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको गरेको छ। गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि ४-० को फराकिलो जित निकालेसँगै समग्रमा ५-१ गोलअन्तरले सिटी फाइनलमा पुगेको हो। पहिलो लेगको मड्रिडमा सम्पन्न खेलमा यी दुई टोली १-१ गोलको बराबरीमा रोकिएका थिए।

घरेलु मैदान इतिहादमा गएराति सम्पन्न खेलमा २३ ‍औँ मिनेटमा बर्नान्डो सिल्भाले केभिन डी ब्रुइनाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल पनि सिल्भाले नै ३७ औँ मिनेटमा गर्दा पहिलो हाफमै सिटी २-० गोलले अघि रह्यो। तेस्रो गोल म्यानुअल एकान्जीले ७६ औँ मिनेटमा गरे। त्यस्तै इन्ज्युरी समयमा जुलियन अल्भारेजले फिल फोडेनको पासमा गोल गर्दा सिटीले ४-० गोलको फराकिलो जित निकाल्न सफल भएको हो।

च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर पहिलो सेमिफाइनलमा एसी मिलानलाई हराउँदै २०१० पछि पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।

फाइनल खेल जुन १० मा टर्कीको इस्तानबुलस्थित एटाटुर्क स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell