PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा



पहिलोपोस्ट

एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा

काठमाडौं : नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षकले सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फर्फराएका छन्।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्।

उनले मंगलवार बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। सो अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका छन्।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दल २०८० बैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

पहिलो पटक २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६ हजार ९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell