PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट



पहिलोपोस्ट

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट
Photo : Nepal Academy of Fine Arts

काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले देशभरिका साढे ६ सय कलाकारलाई समेट्दै प्रदर्शनी हुन लागेको जानकारी दिए।

उनका अनुसार जेठ १५ गतेबाट सुरु हुने प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुको कलाकृतिहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीमा परम्परागत तथा आधुनिक विधाका चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला, लोककला, र समसामयिक आर्टलाई प्रदर्शनीमा समावेश गरिनेछ।

प्रदर्शनीमा समावेशमध्ये विभिन्न विधाका उत्कृष्ट कलाकृतिलाई पुरस्कार दिइनेछ। साथै प्रतिष्ठानले अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, ललितकला लेखन तथा पत्रकारिता पुरस्कारसमेत प्रदान गर्नेछ।

नेपाली ललितकलाको विकास, संरक्षण तथा प्रवर्द्धनका लागि प्रतिष्ठानले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्दे आइरहेको छ। यसवर्षको प्रदर्शनी नक्सालस्थित ललितकला प्रज्ञा-प्रतिष्ठान र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जेठ ३० गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell