PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल : बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका-५ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१३ जितगढी बस्दै आएका ४५ वर्षीय श्रीधर पोखरेल रहेका छन्।

लु ६३ प ८१८५ नम्बरको मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट घरतर्फ आउँदै गरेका पोखरेल बुधवार राति करिब ११ बजे पाखापानीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

गम्भीर घाइते अवस्थामा भेटिएका पोखरेललाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पश्चिमबाट आएको मोटरसाइकल सडकको विपरित भागमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे सडक छेउछाउमा राखिएका सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell