PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

र्‍यापर भिटेन अमेरिकामा, क्यान्सरपीडितको सहयोगार्थ प्रस्तुति



पहिलोपोस्ट

र्‍यापर भिटेन अमेरिकामा, क्यान्सरपीडितको सहयोगार्थ प्रस्तुति
भिटेनसँगै योङ लामा। फोटो : Sher Lama

काठमाडौं : र्‍यापर समीर घिसिङ 'भिटेन' अमेरिकाको सनफ्रान्सिस्को पुगेका छन्। उनीसँगै योङ लामा पनि सनफ्रान्सिस्को पुगेका छन्।

मे २० तारिखका हुने कार्यक्रममा भिटेनले प्रस्तुति दिने कार्यतालिका रहेको छ। नेपालमा रहेको धैर्य क्यान्सर फाउन्डेसनको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आयोजकमध्येका एक प्रेम लामाले बताए।

धैर्यले क्यान्सरसम्बन्धी चेतना फैलाउने संस्था हो। आफ्नो संस्थाको सहयोगका लागि अमेरिकामा भिटेनको प्रस्तुति रहेको फाउन्डेसनकी अध्यक्ष टेरिसा तामाङले बताइन्। धैर्यले यसअघि क्यान्सरपीडित बालबालिकालाई न्यानो कपडासमेत वितरण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell