PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

हत्यापछि श्रीमतीको शव सेफ्टी ट्याङ्कीमा फ्याँकेर श्रीमान् फरार, तीन महिनापछि काठमाडौंबाट समातिए



पहिलोपोस्ट

हत्यापछि श्रीमतीको शव सेफ्टी ट्याङ्कीमा फ्याँकेर श्रीमान् फरार, तीन महिनापछि काठमाडौंबाट समातिए

काठमाडौं : श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम घर भएका ३९ वर्षीय गर्भे विकलाई पक्राउ गरेको हो। उनी गत फागुन २० गते श्रीमतीको हत्या गरी फरार रहेका थिए।

उनले फागुन २० गते सुनछहरी गाउँपालिका वडा नम्बर ६, फगाम घर भएकी २६ वर्षीया केशु विकको हत्या गरेको अनुसन्धानमा खुलेको छ। हत्या गरी कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी फरार भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको सतुंगलबाट पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell