PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

क्यान्टोनमेन्टमा घोटालाको आरोप कपोलकल्पित भएको प्रधानमन्त्रीको दाबी : प्रमाणित भए जेल जान तयार छु



पहिलोपोस्ट

क्यान्टोनमेन्टमा घोटालाको आरोप कपोलकल्पित भएको प्रधानमन्त्रीको दाबी : प्रमाणित भए जेल जान तयार छु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको क्यान्टोन्मेन्टमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन्। बिहीवार संसदमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले भ्रष्टाचारको आरोप आरोपका लागिमात्र भएको दाबी गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको उल्लेख गर्दै दोषी ठहरिए जेल जान तयार रहेकोसमेत बताए।'क्यान्टोनमेन्टको भौतिक पूर्वाधार राज्यले दिएको रकम अडिट रहेको कुरा माननीयलाई जानकारी दिन चाहन्छु,' प्रचण्डले भने, 'क्यान्टोनमेन्टको कुरा कपोलकल्पित। दोषी ठहरिए म आफै जेल जान तयार छु।'

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लडाकुको नाममा तपाईंले भ्रष्टाचार गरेको आरोप तपाईंमाथि नै छ? भनी प्रश्न गरेपछि प्रधानमन्त्रीले यसबारे प्रष्टीकरण दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell