
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवारको संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रवार दिउँसो ४ बजे पौडेलले संयुक्त बैठकलाई सम्बोधन तय भएको सभामुख देवराज घिमिरेले जनाए। 'राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ ५ गते दिउँसो ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्य्रक्रम रहेको छ,' सभामुख घिमिरेले भने।
संयुक्त बैठकका लागि सांसदहरुलाई ३: ४५ भित्र आइसक्नसमेत सभामुखले रुलिङ गरेका छन्। सांसदहरुलाई निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सभामुखले अनुरोध गरेका छन्। शुक्रबारको कार्यसूचीमा सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।