PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भष्मे डन’ को छायाङ्कन सकियो



पहिलोपोस्ट

भष्मे डन’ को छायाङ्कन सकियो

काठमाडौं: विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सकिएको छ। पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्देँ फिल्मको इन्ड-क्याप गरिएको हो।  

फिल्मका निर्देशक दीपेन्द्र के खनालले लगभग दुई महिनामा फिल्मको छायाङ्कन सकिएको फेसबुकमार्फत जानकारी दिए।

खगेन्द्र लामिछाने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन्। फिल्ममा विपीनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।

यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण भएको हो। 

फिल्म आगामी कात्तिक ४ गतेदेखि प्रदर्शन हुने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell