PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नक्कली शर‌णार्थी प्रकरणमा तानिए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल



पहिलोपोस्ट

नक्कली शर‌णार्थी प्रकरणमा तानिए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा थप एक हाइप्रोफाइल पक्राउ परेका छन्। नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसधान थालेको छ। उनी भुटानी शरणार्थी नेता हुन्। बिहीवारै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो।

योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। पछिल्लो ५५ दिनदेखि प्रहरीले यस प्रकरणमा पूर्व उप प्रधान मन्त्री, पूर्व गृह मन्त्री, बहालवाला सचिव, पूर्व सभासद्लाई समेत समातेर अनुसन्धान गरिरहेको छ। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्व साभासद् आङ्टावा शेर्पा लगायतका हाई प्रोफाइल अनुसन्धानमा तानिएका छन्। रिजाल अर्का हाइ प्रोफाइल व्यक्ति हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell