PahiloPost

May 24, 2026 | १० जेठ २०८३

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, अन्नपूर्ण म्याराथनको तयारी 



पहिलोपोस्ट

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, अन्नपूर्ण म्याराथनको तयारी 

पोखरा : घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी सुरु भएको छ। यो सँगै तेस्रो अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ। जेठ १७ देखि अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर २० गते सकिने छ। पर्यटनको लागि सबै मौसम भन्ने मूल नाराका साथ २०७४ सालदेखि सुरु भएको महोत्सव कोरोनाका कारण निरन्तरता पाउन सकेको थिएन। 

अन्नपूर्ण आरोहण दिवस मनाउन घान्द्रुकले महोत्सव सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक ललित गुरुङ बताउँछन्। म्याराथनमा महिला र पुरुष दुबैलाई सहभागी गराइएको छ। पुरुषतर्फको विजेतालाई १ लाख ५० हजार र महिलातर्फको म्याराथन विजेताले ७५ हजार रुपैँया पुरस्कार पाउने छन्। दर्ता शूल्क पुरुषतर्फ ७ हजार छ भने महिलातर्फ ५ हजार रहेको छ। यस्तै दोस्रो पुरस्कारमा पुरुषतर्फ १ लाख र तृतीयमा ७५ हजार छ भने महिलातर्फ ५० हजार र २५ हजारसहित पदक र प्रमाणपत्र रहेको छ। 

यो बाहेक गाउँस्तरीय भलिबल र बास्केटबलको पनि आयोजना भएको छ। दर्ता शुल्क ६ हजार रहेको छ भने प्रथम पुरस्कार ८० हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ । यसबाहेक अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोह पनि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell