PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

'काँडेतार'को दुई सिनमा सेन्सरको कैँची, रिलिजको बाटो खुल्यो



पहिलोपोस्ट

'काँडेतार'को दुई सिनमा सेन्सरको कैँची, रिलिजको बाटो खुल्यो

काठमाडौं: अन्तत: नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले विवादित दृश्य र संवादमा कैँची चलाउँदै सेन्सर पास गरेको हो।

फिल्ममा समावेश दुई दृश्य हटाएसँगै सेन्सर पास भएको निर्देशक नवल खड्काले बताए। ‘अन्तत: हाम्रो फिल्म सेन्सर पास भएको छ। गृह मन्त्रालयको भवनको दृश्य र भुटानसम्बन्धी अभिव्यक्ति हटाएसँगै सेन्सर फुकुवा भएको हो। अब छिट्टै हामी रिलिज मिति घोषणा गर्नेछौँ।’ उनले भने।

केही समयअघि चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै जाँच समितिले प्रदर्शनमा रोक लगाएको थियो। तर, खड्काको भने कुनै दृश्य नकाटी फिल्म पास हुनुपर्ने माग गर्दैँ आएका थिए। अन्तत: फिल्म निर्माण टिम र समितिबीच सहमति भएसँगै रिलिजको बाटो खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell