PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

वाग्मती प्रदेश सरकारमा मिल्यो भागबन्डा, आइतबार नयाँ मन्त्रीको शपथ



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारमा मिल्यो भागबन्डा, आइतबार नयाँ मन्त्रीको शपथ

हेटौंडाः वाग्मती प्रदेश सरकारमा मन्त्रालय भागबन्डामा सहमति जुटेको छ। प्रदेशस्तरमा सहमति नभएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताले प्रदेश सरकारको भागबन्डामा सहमति गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच मन्त्रालय भागबन्डामा सहमति भएको हो।

बैठकले कांग्रेसलाई ५ माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई २ मन्त्रालयमा सहमति गरेको एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले बताए।

खनालका अनुसार आइतबार मन्त्रीको शपथ हुने छ।

वाग्मतीमा दलहरुको आ-आफ्नै अडानले सरकारले पूर्णता पाउन सकेको थिएन।

प्रदेशमा सहमति नभएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस वाग्मती संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र एकीकृत समाजवादी वाग्मतीका संसदीय दलका नेता कृष्ण खनाल शीर्ष नेता भेट्न काठमाडौं पुगेका थिए।

कांग्रेसले ६ वटा मन्त्रालयमा निरन्तर दाबी गरेको थियो। ११ सदस्यीय मन्त्रिपरिषद् सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिएको थियो।

भागबन्डा मिलाउन कार्यदल गठन गरे पनि सहमति हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell