PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

आज पनि वर्षा हुने, यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

आज पनि वर्षा हुने, यस्तो छ आजको मौसम पूर्वानुमान
फाइल फोटो

काठमाडौं : आज बिहानैदेखि देशका विभिन्न भेगमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया  सफा रहेको छ।

यस्तै, आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ पूर्वानुमा छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि दैनिक बुलेटिनमा उल्लेख छ।

आज राती भने कोशी प्रदेशको थोरै स्थान तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell