PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

हिरोसिमामा जी७ बैठक : रसिया-युक्रेन युद्ध र 'इन्डो प्यासेफिक' लाई खुला र स्वतन्त्र बनाउने प्रमुख एजेन्डा



पहिलोपोस्ट

हिरोसिमामा जी७ बैठक : रसिया-युक्रेन युद्ध र 'इन्डो प्यासेफिक' लाई  खुला र स्वतन्त्र बनाउने प्रमुख एजेन्डा
Photo : Reuters

जापानमा ग्रुप अफ सेभेन (जी७) बैठक सुरु भएको छ। विश्वको ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको यो समूहका नेताहरु हिरोसिमामा भेला भएका हुन्। जी७ मा क्यानडा, फ्रान्स, अमेरिका, बेलायत, जर्मनी, इटाली र जापान रहेका छन्। बैठकको मुख्य सत्र बाँकी रहँदा द्विपक्षीय भेटघाट भने भइरहेको छ।

यसअघि यो समूहमा आठवटा राष्ट्र थियो। तर, सन् २०१४ मा रसियाले क्रिमिया आक्रमण गरेपछि यसलाई हटाएर जी७ समूह बनेको थियो। बैठकमा अस्ट्रेलिया, ब्राजिल, दक्षिण कोरिया र भारतबाट पनि नेताहरुलाई बोलाइएको छ। युरोपियन युनियन पनि सदस्य नभए पनि वार्षीक सम्मेलनमा सहभागी हुने गर्छ।

यसपटक जापानमा भइरहेको बेला रसियामाथि नै केन्द्रित हुनेछ। अमेरिकाले रसियामाथ थप प्रतिबन्ध लगाउनेबारे यो बैठकमा प्रस्ताव राख्ने तयारी गरेको छ। रसिया र युक्रेनबिचको युद्ध भइरहेको बेला यो बैठक बस्न लागेको हो। गत वर्ष जर्मनी पनि जी७ राष्ट्रको बैठक यही युद्धमा केन्द्रित थियो। यस्तै, ‘स्वतन्त्र र खुला इन्डो-प्यासेफिक’ पनि बैठकको अर्को प्रमुख एजेन्डा रहनेछ। चीनसँग अमेरिकाको बढ्दो तनावबिच यो एजेन्डा अघि बढाइँदैछ।

बैठकमा जलवायु परिवर्तन, विश्व अर्थतन्त्र, खाद्य सरक्षा लगायतका विषयमा पनि नेताहरुबिच छलफल हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell