PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

कोहलीको कीर्तिमानी शतकमा हैदराबादमाथि बेङ्ग्लोरको जित



पहिलोपोस्ट

कोहलीको कीर्तिमानी शतकमा हैदराबादमाथि बेङ्ग्लोरको जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। हैदराबादका लागि हेइनरिच क्लासेनले सर्वाधिक १०४ रन बनाउँदा ह्यारी ब्रुकले अविजित २७ रन बनाए। त्यस्तै एइडेन मार्क्रमले १८, राहुल त्रिपाठीले १५ तथा अविषेक शर्माले ११ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका मिचेल ब्रास वेलले २ विकेट लिँदा मोहम्मद सिराज, शहबाज अहमेद र हर्षल पटेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले विराट कोहलीको शतकको सहायतामा १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। पहिलो विकेटका लागि १७२ रनको साझेदारी गरेको बेङ्ग्लोरका लागि कोहलीले १ सय रन बनाउँदा कप्तान फाफ डुप्लिसिसले ७१ रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेल ५ तथा माइकल ब्रासवेल ४ रनमा अविजित रहे। आईपीएलमा छैटौँ शतक बनाएसँगै कोहली आईपीएलमा सबैभन्दा धेरै शतक प्रहार गर्ने कीर्तिमानमा क्रिस गेलसँग बराबरी गरेका छन्।

जितसँगै बेङ्ग्लोर अंकतालिकाको चौथो स्थानमा उक्लँदै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। हैदराबाद भने तालिकाको पुछारमा रहँदै प्लेअफको होडबाट बाहिरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell