PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

'पेड युजर'ले ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न पाउने



पहिलोपोस्ट

'पेड युजर'ले ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न पाउने
Photo : Reuters

ट्वीटरमा अबदेखि दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने भएको छ। इलन मस्कले ट्वीटर किनेपछि विभिन्न फिचरहरु थप्दै गएका छन्। यसबिच भिडियो सेयरिङको ‘टाइम लिमिट’ पनि बढाउन लागिएको हो।

मस्कले ट्वीट गर्दै ८ जिबिसम्मका दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने बताएका हुन्। तर, यो फिचर ट्वीटर ब्लु भेरिफाइड सबस्क्राइबरहरुले मात्र पाउनेछन्।

मस्कले केहीदिनअघि मात्रै नयाँ कार्यकारी प्रमुखले ट्वीटरको नेतृत्व गर्ने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell