दक्षिण प्रशान्त क्षेत्रमा भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार शुक्रवार न्यू केलेडोनिया क्षेत्रको आसपास ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्प पश्चात भनुआतु, फिजी, किरीबाती र न्यूजिल्यान्डको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।
भूकम्पको केन्द्रविन्द्र फिजी,भनुआतु र न्यू केलेडोनियाबिच रहेको बताइएको छ। यही क्षेत्रको १ हजार किलोमिटरको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो। हवाईमा भने सुनामीको खतरा नरहेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।