PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ जना घाइते



पहिलोपोस्ट

दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ जना घाइते
प्रतिकात्मक तस्विर

बुटवल : दाङमा दुईवटा बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका-७ की ४२ वर्षीया शोभा परियार रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-३ फल्कापुरमा वीरगंजबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट भालुवाङतर्फ आउँदै गरेको लु २ ख ७८५ नम्बरको माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

घाइतेमध्ये अधिकांश इट्टा भट्टामा काम गर्ने मजदुर रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए। उनीहरु बाराबाट घर फर्कदै थिए।

लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामीजाल र अर्की एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनालाई भैरहवा, तीन जनालाई घोराही र दुई जनालाई नेपालगंज उपचारका लागि पठाइएको छ। अन्य घाइतेहरुको लमहीमै उपचार भइरहेको छ।

माइक्रो बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। उक्त बसमा चालक र सहचालक मात्र रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell