
काठमाडौं : विदेशबाट अवैध रुपमा ल्याएको सुनसहित प्रहरीले दुई जना पक्राउ गरको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा ल्याएको १ सय ८४ ग्राम तौलको सुनसहित २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङको सुन्दरहरैंचा नगरपालिका-७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका-५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन्।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्वषकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो।