PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

सर्वसाधारणलाई असर नपर्ने गरि संसद भवन जाने तयारीमा राष्ट्रपति



पहिलोपोस्ट

सर्वसाधारणलाई असर नपर्ने गरि संसद भवन जाने तयारीमा राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर जाँदा कुनै थप सुरक्षा घेरा नलिने भएका छन्।

यसअघि राष्ट्रपति संसद भवन जाँदा विशेष स्कटिङको व्यवस्था थियो। काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद भवन पुग्दै आएका थिए। राष्ट्रपति भएदेखि नै सर्वसाधारणलाई असर पर्ने गरि भड्किलो सुरक्षा घेरा नलिएका पौडेलले यसपटक पनि आम मानिसलाई असर नपर्ने गरि स्कटिङ नगर्न अनुरोध गरेका छन्।

सुरक्षाकर्मीले बिजुली बजारबाट घोड सवारीको स्कटिङ दिँदै आएका थिए। यस पटक भने घोडाको स्कटिङको दुरी घटाउन निर्देशन भएको छ।

'बिना तामझाम गर्नु भन्नुभएको छ। सीमित र परम्परा मात्र पूरा गर्न राष्ट्रपतिले आग्रह गर्नु भएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने पहिलोपोस्टसँग भने।

राष्ट्रपतिको सवारीका कारण घन्टौै ट्राफिक व्यवस्थापनमा समस्या पर्दै आएको थियो। पौडेलले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा असहज हुने गरी सवारी नचलाउन भन्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell