PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आईपीएलमा फुटबल टिमको जर्सी : लखनउले कोलकाताविरुद्धको खेलमा मोहन बगानको जर्सी लगाउने



पहिलोपोस्ट

आईपीएलमा फुटबल टिमको जर्सी : लखनउले कोलकाताविरुद्धको खेलमा मोहन बगानको जर्सी लगाउने
Twitter/@LucknowIPL

इण्डियन प्रिमियर लिग (आईपीएल)को टिम लखनउ सुपर जायन्टले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा फुटबल टोली मोहन बगानको जर्सी लगाउने भएको छ। लखनउको स्वामित्व आरपी सन्जिव गोयन्का ग्रुपसँग छ, जोसँग इण्डियन सुपर लिग (आईएसएल) टिम एटीके मोहन बगानको पनि स्वामित्व छ।

‘मोहन बगान संस्था होइन, यो वास्तवमा भावना हो। यसले कोलकाता शहरको विरासतको प्रतिनिधित्व गर्छ’, जायन्टका मालिक शाश्वत गोयन्काले भने, ‘यसलाई ध्यानमा राखेर हामीले केकेआरविरुद्ध शनिवार इडेन गार्डेनमा हुने खेलमा मरुन र हरियो रंगको जर्सी प्रयोग गर्ने निर्णय गरेका छौं।’

घोषणा गर्दै लखनउले क्रुणाल पाण्ड्या, मार्कस स्टोइनिस र आयुश बडोनीको मोहन बगानको जर्सीमा तस्बिरसमेत राखेको छ। कोलकाताको इतिहास बोकेको मोहन बगानलाई मोहन बगान सुपर जायन्टको नामबाट ‘रिब्रान्डिङ’ गर्ने समेत तयारी छ।

अंकतालिकाको तेस्रो स्थानमा रहेको लखनउ सुपर जायन्ट प्लेअफको नजिक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell