PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ट्र्याक्टरको ठक्करबाट सङ्खुवासभामा एक जनाको मृत्यु



रासस

ट्र्याक्टरको ठक्करबाट सङ्खुवासभामा एक जनाको मृत्यु

किमाथाङ्का : सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट शुक्रवार एक जनाको मृत्यु भएको छ। ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

शुक्रवार बिहान को २ त ३२१६ नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। ट्र्याक्टर चालक मकालु गाउँपालिका-१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्र्याक्टर चालक तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell