PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

सडक खाली नगरी संसद् भवन पुगेका राष्ट्रपति पौडेलको यस्तो देखियो सवारी

सडक खाली नगरी संसद् भवन पुगेका राष्ट्रपति पौडेलको यस्तो देखियो सवारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन। आवातजावतलाई रोक नगरी उनी संसद् भवन पुगेका छन्।

यसअघि राष्ट्रपति संसद् भवन जाँदा विशेष स्कटिङको व्यवस्था थियो। काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद् भवन पुग्दै आएका थिए। राष्ट्रपति भएदेखि नै सर्वसाधारणलाई असर पर्नेगरी भड्किलो सुरक्षा घेरा नलिएका पौडेलले यसपटक पनि आम मानिसलाई असर नपर्ने गरी स्कटिङ गर्न अनुरोध गरेका थिए।

राष्ट्रपतिको सवारीका कारण घण्टौँ ट्राफिक व्यवस्थापनमा समस्या पर्दै आएको थियो। पौडेलले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा असहज हुने गरी सवारी नचलाउन भन्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell