PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

संसद् भवन परिसरबाट मात्र सेनाको विशेष कारगेड

संसद् भवन परिसरबाट मात्र सेनाको विशेष कारगेड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन।

संसद् भवन पुगेपछि मात्र सेनाको विषेश कारगेड व्यवस्था गरिएको थियो। राष्ट्रपति पौडेलको निर्देशनअनुसार नै शुक्रवार आम मानिसलाई असर नपर्ने गरी सवारी व्यवस्था मिलाइएको थियो।

यसअघि राष्ट्रपति संसद् भवन जाँदा विशेष स्कटिङको व्यवस्था थियो। काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद् भवन पुग्दै आएका थिए। राष्ट्रपति भएदेखि नै सर्वसाधारणलाई असर पर्ने गरी भड्किलो सुरक्षा घेरा नलिएका पौडेलले यसपटक पनि आम मानिसलाई असर नपर्ने गरी स्कटिङ नगर्न अनुरोध गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell