PahiloPost

May 24, 2026 | १० जेठ २०८३

कृषि उत्पादनलाई बजारीकरण र वर्षभरी सिँचाइ उपलब्ध गराउने सरकारको घोषणा



पहिलोपोस्ट

कृषि उत्पादनलाई बजारीकरण र वर्षभरी सिँचाइ उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहको सहभागितामा कृषि भण्डारण स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गर्ने नीति बनाएको छ।

सरकारको नीति तथा कार्यक्रमलाई संघीय संसद्को शुक्रवारको संयुक्त बैठकमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र बनाइने घोषणा गरे। गाउँसम्मै कृषि प्राविधिक खटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

‘वडास्तरसम्म कृषि प्राविधिक जनशक्ति खटाइने छ। कृषि वस्तुको बजारीकरण गरिने छ,’ पौडेलले भने।

यस्तै, वर्षभरी सिँचाइ उपलब्ध गराउने पनि सरकारको घोषणा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell