PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गिट्टी, बालुवा र ढुंगा निर्यात खुला गर्ने सरकारको नीति



पहिलोपोस्ट

गिट्टी, बालुवा र ढुंगा निर्यात खुला गर्ने सरकारको नीति

काठमाडौं : सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी गर्न दिने भएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वातावरण प्रतिकूल नपर्न गिट्टी, बालुवा र ढुंगा उत्खननमा जोड दिने उल्लेख छ।

चुरेक्षेत्रको खनिज उत्खनन् गरेर निकासी गर्न दिने कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम केपी शर्मा ओली सरकारका पालामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा समेत थियो।

पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने र खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी गर्ने बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख थियो।

बजेटमा आएको कार्यक्रम रोक्न सर्वोच्च अदालतमा समेत रिट परेर अन्तरिम आदेश आएको थियो। केही दिनअघि नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले गिट्टी-ढुंगा निर्यात गर्न दिएमा पाँच वर्षमा दुई खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने जिकिर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell