PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको लक्ष्य



पहिलोपोस्ट

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको लक्ष्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने बताएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पर्यटन गन्तव्यहरुको विशेष प्रचारप्रसार गरिने बताए।

उनले धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्दै पर्यटन संजाल विस्तार गर्ने समेत बताए। राष्ट्रिय मौलिक संस्कृति तथा स्रष्टाको वृद्धि विकासलाई प्राथमिकतामा राखी सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

उनले पर्यटन ऐन समयानुकूल परिमार्जन गरिने बताए। यसैगरी, सूचीकृत पर्यटकीय गन्तव्यहरुको विश्वव्यापी प्रचार गर्ने बताए।

यसैगरी अत्यावश्यक पूर्वाधार विकास र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गर्दै एक प्रदेश एक सांस्कृतिक धाम बनाउने पनि बताइएको छ।

विश्वभर पर्यटन र संस्कृतिको समिश्रणलाई आधार बनाई मुलुकको पर्यटनको ब्राण्डिङ गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। आरोहणका लागि थप हिमाल खुला गरिने तथा साहसिक पर्यटनको नयाँ विधा र चलचित्र पर्यटनको विकास र विस्तार गरिने पनि बताइएको छ।

यस्तै, अन्तर्राष्ट्रियस्तरमा चर्चित व्यक्तित्वलाई बोलाएर मुलुकको पर्यटन प्रवर्द्धन गर्ने तथा सगरमाथा अवार्डको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell