PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सरकारले बनाउने भयो राष्ट्रिय यातायात नीति



पहिलोपोस्ट

सरकारले बनाउने भयो राष्ट्रिय यातायात नीति

काठमाडौं : विकासका आयोजनामा दुई सिफ्टमा काम गर्न पाउने व्यवस्था गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेल, सडक, हवाईमार्गलगायतलाई एकीकृत गर्न राष्ट्रिय यातायात नीति तर्जुमा गर्न लागिएको बताए।

उनका अनुसार सरकारले व्यापारिक तथा रणनीतिक सडक निर्माणलाई प्राथमिकता दिएको छ। पूर्व-पश्चिम राजमार्ग विस्तार गरिने भएको छ।

आगामी वर्ष हुम्लालाई सडक संजालमा जोड्ने लक्ष्य सरकारले लिएको छ। महाकाली करिडोर प्राथमिकतामा राखिएको पौडेलले बताए।

२०८३ सम्म काठमाडौं-तराइ/मधेश द्रुतमार्ग आयोजना पूरा गर्ने नीति लिइएको छ। बाढीले क्षति पुर्‍याएका सडक पुनर्स्थापना प्राथमिकतामा राखिएको छ।

सरकारले नीति तथा कार्यक्रमामार्फत ३ वर्षमा सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेश केन्द्रको राजमार्गसँग जोड्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell