PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेलाई सरकारले निःशुल्क बिजुली दिने



पहिलोपोस्ट

बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेलाई सरकारले निःशुल्क बिजुली दिने

काठमाडौं : बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याइने बताए।

उनले कार्यक्रम सार्वजनिक गर्दै विपन्नलाई निःशुल्क रुपमा विद्युतको मिटर उपलब्ध गराइने बताए।

त्यसैगरी, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्न स्वच्छ ऊर्जाले विस्थापन गर्ने योजना सरकारले बनाएको छ। हरित ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख छ।

विद्युत उत्पादन, प्रसारण र वितरणलाई सामञ्जस्य रुपमा अघि बढाउन लागिएको छ। विद्युत खपत बढाउनका लागि प्रसारण र वितरणलाई स्तरोन्नती र नयाँ पूर्वाधार निर्माण गरिनेछ।

विद्युत निर्यातका लागि अन्तरदेशीय प्रसारणलाइन तथा अन्य पूर्वाधार नीति सरकारले लिएको छ। निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउने उल्लेख छ। अहिलेसम्म निजी क्षेत्र उत्पादनमा सहभागी भएपनि व्यापारमा सहभागी छैन।

ठूला र जलाशययुक्त प्राथमिकता रहेको उनले बताए। बुढीगण्डकी प्राथमिकतामा राखिएको उनले बताए। प्रमुख शहरमा भूमिगत प्रसारणलाइन निर्माण गर्न लागिएको छ। सबै नवीकरण ऊर्जालाई राष्ट्रिय प्रणालीमा जोडिने पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell