PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नीति तथा कार्यक्रम : रोकिएको निजगढ विमानस्थल निर्माण फेरि अघि बढाइने



पहिलोपोस्ट

नीति तथा कार्यक्रम : रोकिएको निजगढ विमानस्थल निर्माण फेरि अघि बढाइने

काठमाडौं : सरकारले रोकिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले यसअघि रोकिएको निजगढ विमानस्थललाई फेरि अघि बढाउने उल्लेख गरेको छ।

यसैगरी, सरकारले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउनका लागि सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्ने भएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका टर्मिनल भवनको क्षमता विस्तार गर्नुका साथै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

विभिन्न नयाँ मुलुकसँगको दुईपक्षीय हवाई सम्झौता गर्दै नेपाली वायुसेवा कम्पनीको अन्‍तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउने पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ।

अन्तर्राष्ट्रिय, आन्तरिक तथा क्षेत्रीय विमानस्थललाई पूर्ण क्षमतामा सं‌चालन गरिने बताइएको छ। यसैगरी, प्रादेशिक विमानस्थल विस्तार गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell