PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सरकारले सहयोग पुर्‍याउने



पहिलोपोस्ट

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सरकारले सहयोग पुर्‍याउने

काठमाडौं : सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ।

नीति तथा कार्यक्रममार्फत सरकारले आत्मनिर्भर हुन सक्ने वस्तु तथा सेवा उत्पादन गर्न सक्ने उद्योगहरुको पहिचान गरी त्यस्ता उद्योगहरुको विकास तथा स्थायित्वका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महँगो भएपनि स्वदेशी वस्तु खरिद गर्न प्रबन्ध मिलाउने बताए।

उनले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पुर्‍याउने बताए। हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्राण्डिङ गरिने पनि उनले बताए।

निजी क्षेत्रको साझेदारी र सहकार्यमा औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र र औधोगिक ग्रामको पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

उद्योगका लागि आवश्यक पर्ने पहुँचमार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेका निर्माण लागत गरेको रकम सोधभर्ना दिइने पनि नीति तथा कार्यक्रममा छ।

यस्तै, देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई बजारीकरणमा टेवा पुर्‍याउन सार्वजनिक निजी साझेदारीमा प्रदर्शनीस्थल बिक्री केन्द्र सञ्चालनमा ल्याइनेछ। उद्योग तथा लगानी प्रवर्द्धनमा प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै नयाँ औद्योगिक विकास ऐन तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell