PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

अघिल्ला सरकारहरुकै कार्यक्रम नयाँ मितिमा ‘कपिपेस्ट’, नीति तथा कार्यक्रमको पूर्णपाठ



पहिलोपोस्ट

अघिल्ला सरकारहरुकै कार्यक्रम नयाँ मितिमा ‘कपिपेस्ट’, नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अघिल्ला सरकारहरुकै कार्यक्रमहरुलाई नयाँ मितिमा ‘कपिपेस्ट’ गरिएको छ।

कार्यक्रममा अर्थतन्त्रमा देखिएको मन्दीका बारेमा उल्लेख छैन, बरु अर्थतन्त्र सवल सुदृढ बन्दै गएको दाबी गरिएको छ। प्रधानमन्त्री मातहतको राष्ट्रिय तथ्यांक विभागले अर्थतन्त्र मन्दीमा गएको जनाएको छ। तर सरकारले अर्थतन्त्र सवल बन्दै गएको जनाएको छ।

सरकारले आर्थिक मन्दीबाट उम्किनका लागि सरकारले के कस्ता कार्यक्रम ल्याउने बारे उल्लेख गरेको छैन। राजस्व प्रशासनलाई चुस्त बनाउँदै राजस्वको दायरा फराकिलो बनाइने बताइएको छ।

सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ। रोकिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सरकारले अघि बढाउने भएको छ।

बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेलाई निःशुल्क बिजुली दिने बताइएको छ। रेल, सडक, हवाईमार्गलगायतलाई एकीकृत गर्न राष्ट्रिय यातायात नीति तर्जुमा गर्न लागिएको कार्यक्रममा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell