PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बराबरीमा रोकिए आर्मी र खुमलटार, एपीएफमाथि हिमालयन शेर्पाको जित



पहिलोपोस्ट

बराबरीमा रोकिए आर्मी र खुमलटार, एपीएफमाथि हिमालयन शेर्पाको जित

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एफसी खुमलटार बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खलेमा आर्मी र खुमलटार २-२ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको १४ औँ मिनेटमा जगजीज श्रेष्ठले खुमलटारका गोलकिपरको कमजोरीको फाइदा उठाउँदै आर्मीलाई अग्रता दिलाएका थिए। तर, ३५ औँ मिनेटमा मेसुके ओलोमोले गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा आर्मीले फेरि अग्रता बनायो। यसपटक नवयुग श्रेष्ठले ५१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, यसपटक पनि खुलटारले ७५ औँ मिनेटमा स्टेफेन बिनोङको गोलमा खेल बराबरीमा ल्याए। त्यसपछी दुबै टोली गोल थप्न नसक्दा खेल २-२ गोलको बराबरीमा रोकियो।

आजै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएमाथि ३-२ गोलको जित निकाल्यो। ७ औँ मिनेटमा खमिर गिल्सन र १८ औँ मिनेटमा पिस्टोन मुताम्बाको गोलमा पहिलो हाफमै शेर्पा दुई गोलले अघि रहेको थियो। त्यस्तै ५१ औँ मिनेटमा अबयोमी फाकुनलेले गोल थपे।

अर्कोतर्फ एपीएपीले खेलको अन्तिम समयमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। खेलको ८७ औँ मिनेटमा सनिस श्रेष्ठले र इन्ज्युरी समयमा युवराज खड्काले गोल फर्काए पनि एपीएफ शेर्पा भन्दा एक गोलले पछि रहँदै ३-२ गोलअन्तरले पराजित बन्यो।

योसँगै १८ अंक जोडेको खुमलटार तालिकाको पुछारमा कायम छ भने आर्मीले २६ अंक जोड्दै सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबसँग अंक बराबरी गरेको छ। १० औँ स्थानको एपीएफको २२ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell