PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शीर्षस्थानमा चर्च ब्वाइजको चार अंकको अग्रता

शीर्षस्थानमा चर्च ब्वाइजको चार अंकको अग्रता

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्षस्थानमा चर्च ब्वाइज युनाइटेडले पकड बलियो बनाउँदै लगेको छ। शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई १-० गोलले हरायो।

प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई जित दिलाउन मिलन राईले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्ज्युरी समयमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।

आजै सम्पन्न अघिल्ला दुई खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र खुमलटार युथ क्लब २-२ गोलको बराबरीमा रोकिएँदा हिमालयन शेर्पा क्लबले एपीएफमाथि ३-२ गोलअन्तरको जित निकालेको थियो।

लिगको १९ औँ चरण चलिरहँदा ३६ अंक जोड्दै चर्च ब्वाइज शीर्षस्थानमा रहँदा ३२ अंक जोडेको जावलाखेल युथक्लब दोस्रो स्थानमा छ। त्यस्तै ३१ अंक जोडेको मछिन्द्र तेस्रो, २६ अंक जोडेका सातदोबाटो, थ्री स्टार र आर्मी चौथो पाँचौँ र छैटौँ स्थानमा छन्। सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले २५ तथा ८ र ९ औँ स्थानमा रहेका मनाङ मर्स्याङदी र न्युरोड टिमले समान २३ अंक जोडेको छ। १०, ११ र १२ औँ स्थानमा रहेका एपीएफ, संकटा र नेपाल पुलिसले समान २२ अंक जोड्दा रेलिगेशन क्षेत्रका फ्रेन्ड्स क्लब र एफसी खुमलटारले क्रमश २१ र १८ अंक जोडेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell