काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन्।
यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने कार्यक्रम रहेको जनाइएको छ।