PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती



रासस

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती

विराटनगर : कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भएका छन्।

कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रवार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell