वेष्टकोट अधिकांश पुरुषहरूको औपचारिक पहिरनको एक हिस्सा हो। यसलाई परम्परागत ‘थ्री-पिस सुट’मा तेस्रो अंशको रूपमा पनि लिइन्छ।
नेपालमा इस्टकोट, आस्कोट, स्टकोटको नामले चिनिने वेष्टकोट सरल वा सजिसजाउ पनि हुन सक्छ भने यो ‘क्याजुअल’ तथा ‘लक्जुरी’को लागि पनि लगाउन सकिन्छ। कुनै समयको परिष्कृत पहिरनको महत्व दशकौंदेखि जादुगर, स्नूकर खेलाडी र हाउस अफ लर्ड्सका विलक्षण सदस्यहरूले घटाएको आरोप थियो।
तर नयाँ पुस्ताका सेलेब्रिटीहरुका कारण वेष्टकोटको महत्व फेरि फर्किएको आभाष हुन थालेको छ। २०१८ को फुटबल विश्वकपमा टिमलाई सेमिफाइनलसम्म पुर्याएका इङ्ग्ल्याण्डका ‘फेशन फर्वार्ड’ प्रशिक्षक ग्यारेथ साउथगेट बेलाबेलामा वेष्टकोटमा देखिन्छन्। त्यस्तै, ‘कल्चरल आइकन’ मानिने टेलर स्विफ्टदेखि सेराह स्नूकका कारण पनि वेष्टकोट समरमा ‘गो-टू अफिस लुक’ बनेको छ।
प्रशिक्षक ग्यारेथ साउथगेट। Photo: GETTY IMAGES
साउथगेटले जस्तै यो मिल्दो ट्राउजर (पाइन्ट)सँग लगाइन्छ। यसलाई कोट अथवा ब्लेजरबिना लगाउँदा पनि आकर्षक देखिन्छ। साउथगेटको फेशनभन्दा फरक रुपमा परम्परागत ‘टेपर्ड’ शैलीको सट्टा फराकिलो ट्राउजर वा पाइन्टसँग पनि यो लगाउन थालिएको छ।
प्रख्यात क्लोदिङ ब्राण्ड ‘जोन लिविस’को वेबसाइटमा वेष्टकोट खोज्नेको संख्या ३०० प्रतिशतले बढेको छ। यता, एम एण्ड एसको ‘ओटमिल लिनेन’ भर्सनको वेष्टकोट त पूरै बिक्री भइसक्यो। अनलाइनमा जोन लिविसको शेर्बेट पिंक, मोस ग्रीन र चारकोल सेटहरूको ‘डिमाण्ड’ उच्च छन्।
ब्रिटिश ब्रान्ड ‘एलाइन’की निर्देशक भर्जिनिया सेमोरका अनुसार वेष्टकोटको अपील बढ्नुमा महामारीको आकस्मिकताको प्रतिक्रिया पनि एक अंश हो।
‘२०२० को सुरुवातको समय एक अनौपचारिक लाउन्जवेयरको पल थियो,’ उनले भनिन्।
न्यूयोर्कमा वेष्टकोटमा सजिएकी टेलर स्विफ्ट। Photo: Gotham/GC Images
‘हाफ सुट’ औपचारिक अफिस पहिरन र अनौपचारिक ‘क्याजुअल’ पहिरनको बिचको श्रेणीमा पर्ने उनी बताउँछिन्। भन्छिन्, ‘लकडाउनपछि फ्लोरल ड्रेसहरु र सेतो ट्रेनरहहरू आए। अब मानिसहरू धेरै स्ट्रक्चर भएको पिस चाहन्छन्।’
‘एलाइन’को सेतो र कालो पिनस्ट्राइप भएको सेट सबैभन्दा लोकप्रिय साबित भइरहेको छ।
केही अघिसम्म ब्लेजर, ट्राउजर (पाइन्ट) र ट्रेनरहरूको संयोजनलाई गजबको ‘फेशन फर्मुला’ मानिन्थ्यो। ब्लेजरको सट्टा वेष्टकोट लगाउनु अहिले ‘ट्रेण्ड’ बनेको छ।
‘यसमा हल्का 'ब्वाइ-मिट्स-गर्ल'को फिल अलि बढी आउँछ। यो लगाउँदा अलि बढी स्किन पनि देखिन्छ,’ सेमोरले भनिन्।
हलिउड नायिका जेन्डेया। Photo credit: Greg Doherty/WireImage
औपचारिक भेटघाटमा वेष्टकोट सर्ट बाहिर लगाउनु प्रख्यात छ। हलिउड नायिका जेन्डेयाजस्ता युवापुस्ताले भने बिनासर्ट पनि लगाएको देखिन्छ।
स्टेला म्याककार्ट्नी स्प्रिङ-समर रनवेमा मोडेलहरूले ‘लो स्लङ्ग ट्राउजर’को साथ फिटिङ वेष्टकोट लगाएका थिए। गत मार्चमा हलिउड रिपोर्टर म्यागजिनको डिनरमा नायिका एल फ्यानिङले ‘बिलोइङ ट्राउजर’को साथ खैरो ‘क्रप्ड’ वेष्टकोट लगाएकी थिइन्।
बेलायती ब्रान्ड ‘अल्बारे’ले फेब्रुअरीमा मह रङको कटन सेट लन्च गरेको थियो। तर उच्च मागपछि उसले यसै महिना कालो लिनेन भर्सन पनि थपेको छ।
मार्च २०२३ मा हलिउड पार्टीमा वेष्टकोट लगाएकी एल फ्यानिङ। Photo: Donato Sardella/The Hollywood Reporter/Getty Images
‘अल्बारे’की सह-संस्थापक क्यारेन पीककले ग्राहकहरूले आफूसँग भएको पाइन्टसँग मिलाएर लगाउन छुट्टै वेष्टकोटमात्रै पनि किनिरहेको बताइन्।
यतिमात्रै होइन अब नयाँ कम्बिनेसनमा पनि वेष्टकोट लगाउने ट्रेण्ड आउने लक्जुरी ‘ई-टेलर’ म्याचेजफेशनले बताएको छ। समरमा ‘सर्ट्स’को साथमा तथा अटममा जिन्सको साथमा डेनिम वेष्टकोट लगाएको देख्न सकिने म्याचेजफेशनले आशा गरेको छ। ‘एलाइन’ले अब छिट्टै मिल्ने ‘मिडी-स्कर्ट’सँग केही वेष्टकोटहरु लन्च गर्दैछ।