रौतहट : रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ। गौर नगरपालिका-७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानको झगडा भएको थियो। सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए।
गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए। तर निर्वाचनमा उनी पराजित भएका थिए। छुरा प्रहार गरी साविर भने फारार भएका छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।